Pages

Tuesday, January 24, 2012

चार कलेज विद्यार्थीहरु


चार कलेज विद्यार्थीहरु राति अबेरसम्म खेलेछन् भोलिको जाँचको लागि तयारी गर्न सकेनछन् बिहान उनीहरुले एउटा जुक्ति निकालेछन् जुक्तिअनुसार उनीहरुले आफ्नो शरीरभरि माटो दलेछन् झुत्रे झाम्रे भएर क्याम्पस प्रमुखको अगाडि उपस्थित भएछन्
हामी हिँजो साँझ एउटा साथीको बिहेमा गएर आउँदा बाटोमै हाम्रो कार पङ्चर भयो कार ठेल्दा ठेल्दा यस्तो हालत भयो”-
उनीहरुमध्ये एउटाले भन्यो- “त्यसैले हामी जाँच दिनसक्ने अवस्थामा भएनौँ
त्यसपछि क्याम्पस प्रमुखले उनीहरुलाई जाँचको तयारी गर्न दिनको समय दिएछ उनीहरुले प्रमुखलाई धन्यवाद दिए आफूहरु तीन दिनमा तयारी हुने बताए
तेस्रो दिन उनीहरु पुनः प्रमुखको अगाडि उपस्थित भए प्रमुखले यो जाँच विशिष्ट भएकाले चारै जनाले छुट्टाछुट्टै कोठामा बसेर जाँच दिनुपर्ने बताए उनीहरु पनि खुसी हुँदै राजी भए चारवटा छुट्टाछुट्टै कोठामा बसे उनीहरुले तीन दिनमा सबै पाठ्यक्रम पानी पानी पारेका थिए
प्रश्नपत्र आयो त्यसमा दुइवटा प्रश्न थिए, जसको पूर्णाङ्क १०० थियो
प्र.नं. . तिम्रो नाम के हो ? ( अङ्क)
प्र.नं. . कारको कुन टायर पङ्चर भएको हो ? (९८ अङ्क)

No comments:

Post a Comment